00:00:00
स्वास्थ्य

क्रिमसन अस्पतालले गर्यो सिटिजन्स बैंक तथा एनएमबी बैंकसँग स्वास्थ्य सम्झौता

शुक्रबार श्रावण १९, २०८०/ Friday 08-04-23

प्रकाश पाण्डे, तिलोत्तमा
२०८० साउन १९

       स्वास्थ्य सेवालाई थप बिस्तार गर्ने क्रममा रहेको तिलोत्तमा ५ मणिग्राममा अवस्थित क्रिमसन अस्पतालले देशभर शाखा रहेका सिटिजन्स बैंक तथा एनएमबी बैंक लि संग स्वास्थ्य सम्झौता गरेकोे छ ।
 
  सम्झौता अनुसार सिटिजन्स बैंक लिमिटेडका कर्मचारी, कार्ड होल्डर (डेविट क्रेडिट तथा प्री भिलेज् मार्फत कारोबार गर्ने ब्यक्ति विशेष) तथा डिजिटल पेमेन्ट गर्ने कार्डवाहक ग्राहकले अब अस्पतालले दिने हरेक स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउने छन् । सिटिजन्स बैंक लिमिटेड तथा क्रिमसन अस्पताल बीच सर्वसुलभ सेवा दिने गरि तयार पारिएको स–शर्त समझदारी पत्रमा अस्पतालका निर्देशक डा. शेखर पोख्रेल र सिटिजन्स बैंकको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार श्रेष्ठ र बुटवल शाखा प्रमुख बासुदेव मल्लले हस्ताक्षर गर्नुभएको अस्पतालका प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी एनएमबी बैंकसंग भएको सम्झौतामा पनि बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा बैंकको डिजिटल कार्डवाहक ग्राहकले अस्पतालले दिने हरेक स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउने छन । एनएमबी बैंकसंग डिजिटल कारोबार गर्दै आएका डिजिटल कार्डबहाक ग्राहकको स्वास्थ्य सुबिधा बापत १० प्रतिशत छुट दिने गरि संझौता गरिएको अस्पतालले जनाएको छ ।

   अर्को आर्कषक अफरमा स्मार्ट नारी कार्यक्रम समावेश गरिएको छ ।  जसमा  बैंकमा बचत खाता भई डिजिटल कारोबार गर्ने महिलाहरुले उपचारमा बिशेष छुट पाउने भएका छन्  । यो सुबिधामा खातावहाक महिलाले डिजिटल पेमेन्ट मार्फत कारोबार गरेको भए सो बापत उपचारमा  ५००० बराबरको छुट बैंक मार्फत पाइने उल्लेख छ ।

सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, एनएमबी बैंक  लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख सम्भु प्रसाद पराजुली, बुटवल शाखा प्रमुख नबिन पोख्रेल  लगायतको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया