00:00:00
स्थानिय

मानवअधिकारकर्मी माथिनै सुरक्षा चुनौति

बुधबार श्रावण १७, २०८०/ Wednesday 08-02-23

तिलोत्तमा,बिन्दु भट्टराई 
पछिल्लो समय मानवअधिकारकर्मी माथिनै सुरक्षा चुनौति थपिएको भन्दै एक कार्यक्रममा छलफलमार्फत सचेत गराईएको छ । समाजमा देखिएको विभिन्न किसिमका हिंसाबाट अधिकारका लागि आवाज उठाउने स्वयं अधिकारकर्मीनै सुरक्षित नभएको कार्यक्रममा जोड दिईएको हो । 

 प्रदेशस्तरीय ‘मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवालहरु’ विषयक अन्तरक्रियामा सहभागि मानव अधिकार रक्षक तथा अन्य सरोकारवालाहरुले विपन्न तथा पछाडि पारिएका नागरिक नेपालको संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलगायतका आधारभूत अधिकारबाट वञ्चित हुनु परेको समेत बताएका छन् । 
 
ओरेकको आयोजनामा प्रदेशस्तरीय कार्यक्रममा ओरेकका कार्यक्रम संयोजक विकास वन्जाराले अनलाईनबाट हुन सक्ने समस्या संगै सुरक्षाका लागि अपनाउन सकिने उपाय र कानुनी प्रकृयाका विषयमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको बताउनुभयो ।  

महिला अधिकारकर्मी तथा मानव अधिकार रक्षक संजालका अध्यक्ष डा.रेनु अधिकारीले  राज्यले मानव अधिकारकर्मीको सवालमा नीति अनुसार काम गर्न नसकेको गुनासो गर्नु भयो । उहांले मानव अधिकार रक्षकहरु सुरक्षाका सम्बन्धमा नीतिगत सम्बोधन भएको भएपनि व्यवहारमा कार्यान्वयन नहुँदा समस्या भएको उहाँले बताउनुभएको छ । 

तिलोत्तमामा ५ दिनसम्म भएको स्वयम सुरक्षा कार्यक्रममा सधै अरुको सुरक्षा का लागि बोल्ने मानव अधिकार रक्षकहरु आफ्नो सुरक्षाका विषयमा पनि सचेत रहने सिकाईबाट फरक अनुभुति भएको सहभागि सरोकारवालाहरुले प्रतिकृया दिएका छन् । 

तपाईको प्रतिक्रिया