तिलोत्तमाका होटल राति ११ बजेसम्म खोल्नुस : नगरप्रमुख खाण
तिलोत्तमा - २०८० साउन ४
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले देशकै आर्थिक समृद्धिको आधार पर्यटन भएको दाबी गर्दै पर्यटन प्रबर्द्धन र विकासमा स्थानिय पालिकाहरु सधै साथ दिने बताउनुभएको छ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाको बुधबार तेस्रो अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खाणले पर्यटक भुलाउने गरि रात्रीकालिन सेवा बुधबारदेखी नै संचालन गर्न सुझाव दिदै यसको लागि आवश्यक सहयोग गर्न आफुहरु सधैं तयार रहेको बताउनुभएको छ । विश्व शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थललाई आधार बनाएर यस क्षेत्रको पर्यटनका आर्थिक रुपमा टेवा मिल्ने वहाँको दाबी छ ।
प्रहरी, प्रशासनबाट भारतिय नम्बर प्लेटका सवारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको खाणले सुझाव समेत दिनिभएको थियो । भारतिय पर्यटकबाट हाम्रो आर्थिक विकासमा योगदान पुगेको दाबी गर्दै उनिहरुलाई गर्ने आतिथ्यताप्रति होटल ब्यवसायीको मानसिकतामा समेत परिवर्तन गर्नुपर्ने र ब्यवसायीहरुले पनि टुर प्याकेज बनाएर अघि बढ्नु पर्नेमा वहाँको सुझाब थियो ।
कार्यक्रममा संघका रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायीहरु समाजकै एउटा पाटो भएको भन्दै पर्यटन बिकासमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । बुद्ध जन्मस्थल रुपन्देहीको पर्यटन सम्भावनालाई मध्येनजर गरि सरकारबाट भएका पुर्वाधारलाई चलायमान गर्न जरुरी रहेको भण्डारीले बताउनुभयो।
तपाईको प्रतिक्रिया