00:00:00
स्थानिय

आमाछोरीलाई सर्पले डस्यो अवस्था गंभिर

सोमबार श्रावण १, २०८०/ Monday 07-17-23

बिन्दु भट्टराई,तिलोत्तमा
२०८० साउन १

एक सातामा एकै परिवारका २ जना सर्पदंशबाट गंभिर विरामी भएका छन् ।   रुपन्देहीको तिलोत्तमा ९ मा सर्पको डसाईबाट पुजा भुसाल गंभिर घाईते  हुनुभएको छ  ।

हिजो आइतबार राती करिब ९ बजेको समयमा घरमै साईकल राख्ने क्रममा   तिलोत्तमा ९, नन्दनबन निवासी बर्ष १५की  भुसाललाई सर्पले डसेको हो । कुन जातको सर्पले डसेको भन्ने यकिन हुन नसकेको स्थानीयले बताएका छन् । सर्प देखेको हो कालो थियो तत्काल झाडिमा पसेकोले कुन सर्पले डस्यो भन्ने पत्ता लाग्न सकेन एक स्थानीयले बताए । उहांको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा आईसियुमा राखि उपचार भईरहेको छ । 

एक साता अगाडि उहांकैं आमा बर्ष ४० की नेत्रकला भुसाललाई कमन कोब्रा जातको गोमन सर्पलेखुट्टामा डसेको थियो । उहांको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । समयमै अस्पताल पुर्याईएकोले नेत्रकलाको  अहिले अवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ । 

 

तपाईको प्रतिक्रिया