तिलोत्तमा ।
बुटवलको तल्लो सिद्धबाबा मन्दिरमा हुने आम्दानीमा हिनामिना भएको आरोप लागेको छ । सेवाग्राहीले बुझाएको रकमको आधा रकम मात्रै रसिदमा देखाएर हिनाहिना भएको आरोप लागेको हो । मन्दिर जस्तो पवित्र धार्मिक स्थलमा ठगी हुनुले राम्रो शन्देश नजाने स्थानीय शंकर घर्तीले बताउनुभएको छ ।
चरम विवादका कारण म्याद सकिएर पनि नयाँ व्यवस्थापन बन्न सकेको छैन । गत मंसिरमा म्याद सकिएको व्यवस्थापन समितिको निर्वाचनका लागि सहमति जुट्न नसकेपछि तिमिल्सिनाकै समितिलाई काम चलाऊ कार्यसंचालनको जिम्मेवारी दिइएको समितिका एक पूर्व पदाधिकारीले बताएका छन् ।
मन्दिरमा लामो समयबाट अध्यक्ष चलाउँदै आएका कृष्णप्रसाद तिमिल्सिनाकै मिलेमतोमा वर्षौँदेखि दान रकममा हिनामिना हुने गरेको सञ्जालकर्ताहरूले आरोप लगाएका छन् , तर अध्यक्ष तिमिल्सिनाले यस्तो आरोप लगाउने समितिले निकालेका व्यक्ति नै भएको दाबी गर्नुभएको छ ।
मन्दिरको आम्दानी अपचलन भएपछि स्थानीयले अहिले अख्तियार र प्रशासनमा अहिलेसम्मकै आम्दानी विवरण खोजबिन गर्न माग गर्दै उजुरी दिएका छन् ।
तपाईको प्रतिक्रिया