00:00:00
स्वास्थ्य

गोमन सर्पको टोकाइबाट तिलोत्तमा ९ की अम्बिका गम्भीर घाइते

शनिबार असार २३, २०८०/ Saturday 07-08-23

प्रकाश पाण्डे,तिलोत्तमा
२०८० असार २३

 रुपन्देहीको तिलोत्तमा ९ मा सर्पको टोकाइबाट एक जना गम्भीर घाइते भएकी छिन । शनिबार बिहान करिब साढे ५ बजेको समयमा घरभित्रको काम गर्ने क्रममा तिलोत्तमा ९, नन्दनबन निवासी बर्ष ४० की नेत्रकला भुसाल 'अम्बिका' लाई किङ्ग कोब्रा जातको गोमन सर्पलेखुट्टामा डसेको थियो ।

 सर्पले टोके लगत्तै घाइते भएकी 'अम्बिका' लाई स्थानीय गाउलेहरुले उद्धार गरि  उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागेका थिए ।
भुसालको अहिले गम्भीर अवस्थामा भेन्टिलेटरमा राखी उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।

  'अम्बिका' को अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । यता सर्पलाई भने शंकरनगरस्थित बन बाटिकाबाट आएको टोलीले उद्धार गरि चिडियाखानामा राख्ने गरि लागिसकेको शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले जानकारी  दिनुभयो ।  २ छोरा र १ छोरीकी आमा 'अम्बिका' का श्रीमान बैदेशिक रोजगारका लागि साउदी छन् । 

तपाईको प्रतिक्रिया