00:00:00
स्थानिय

सिप सिकाइबारे तिलोत्तमा नगरको महिला पत्रकारसंग अन्तरसम्बाद

आइतबार असार १७, २०८०/ Sunday 07-02-23

शारदा शाही ठकुरी,तिलोत्तमा
२०८० असार १७

 संचारीका समुह लुम्विनीको आयोजना तथा तिलोत्तमा नगरपालिकाको समन्वयमा महिला पत्रकारसंग अन्तरसम्बाद कार्यक्रम शुक्रबार तिलोत्तमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

  कार्यक्रममा महिला पत्रकारहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख रामकृष्ण खाणले, सफा सुन्दर एवं मानवीय बिकासयुक्त हराभरा तिलोत्तमा बनाउने नगरपालिकाको उदेश्य अनुरुप आफुले काम गरिरहेको बताउनुभयो । नगर प्रमुख खाणले आम नगरबासीहरुलाई शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यमा सरल पहुच बृद्दी तथा जनसहभागितामा आधारित बिकाश प्राप्तिको लक्ष्यमा निरन्तर क्रियाशील रहदै प्राप्त साधन स्रोतले भ्याएसम्म आमनगरबासीको हितमा काम गर्न कुनै कसर बाकी नराख्ने स्पस्ट पार्नुभयो ।

  तिलोत्तमा नगरपालिकाले हालसम्म गरेका कामहरुको बारे प्रस्ट पार्दै खाणले नगरबासिलाई विभिन्न खाले सीपमुलक तालिम तथा आयआर्जनमा आधारित विभिन्न तालिमहरुको आयोजना गर्दै आइरहेको जानकारी समेत दिनुभयो।

  कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वोर देवी चौधरीले गएको चैत्र महिनामा वैदेशिक रोजगारबाट फर्किएका नगर क्षेत्रभित्रका ७ जना युवाहरूलाई स्वरोजगार बनाउने उदेश्य अनुरुप नगरपालिकाले उनीहरुकै रोजाईमा १५ दिने कफी बनाउने तालिम आयोजना गरिएको बताउनुभयो । साथै वहाले आगामी दिनमा वैदेशिक रोजगारीबाट फर्किएकाहरु समुहमा आई समन्वय गरेको खण्डमा उनिहरुको आवश्यकता र चाहना अनुसार आयवृद्दि सम्बन्धि थप तालिमको ब्यबस्था गर्दै जाने समेत बताउनु भयो ।

 नगरपालिकाले यस अघि सिप कुनै सिप नजानेका युवाहरुलाई खोजि गरि निशुल्क कफी बनाउने तालिम दिएको थियो। सो तालिममा सहभागी मध्ये धेरै जना अहिले आफ्नो कफी व्यवसायमा अग्रसर छन् भने कोही लगानी खोजि गरेर छुट्टै व्यवस्थापन गरि पसल खोल्ने सोचमा रहेका छन । नगरपालिकाले आयोजना गरिदिएको उक्त तालिम फलदायी र प्रभावकारी रहेको तालिम लिने मध्येका तिलोत्तमा-११ महुवारी निवासी सन्तोष अर्यालले बताउनुभयो । अर्यालले तालिम लिएर पनि अहिले सम्म ब्यवसाय संचालन गरिनसकेको बताउदै तयारी गरिरहेको बताउनुभयो ।

 तालिम लिएका अर्यालले सीपबाट स्वदेश मै केही गर्ने आट र हौसला थपिएको तथा परिवारलाई छोडेर अब उप्रान्त विदेश जान नपर्ने भन्दै खुसि ब्यक्त गर्नुभयो । अर्यालले आफ्नै रोजाईमा महत्वपूर्ण तालिमको ब्यबस्था मिलाई दिएको भन्दै नगरपालिकालाई धन्यवाद पनि दिनुभएको थियो।

 

तपाईको प्रतिक्रिया