00:00:00
खेलकुद

लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिता हुने

आइतबार असार १०, २०८०/ Sunday 06-25-23

बुटवल २०८० असार १०

     मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा असार १४ गतेदेखि लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिता हुने भएको छ ।

  आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । रामनगर स्थित कालिका मानव ज्ञान माबिमा १३ देखि १७ गतेसम्म हुने छ।

  चैत २३ गतेबाट अन्तरास्ट्रिय खेलकुद दिवसको दिन अभियान शुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरु गरेको आचार्यले बताउनुभयो । खेल र खेलाडीलाई ब्यवसायिक बनाउने लक्ष्यसहित प्रतियोगिता गर्दै आएको आचार्यले बताउनुभयो ।

   राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्याक कराते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराते प्रतियोगिता हुदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागेको आचार्यले बताउनुभयो । उमेर समुहको खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको उनले बताए। स्थानिय सरकार, नीजि क्षेत्रबाट समेत सहकार्यमा प्रतियोगिता गर्न सफल भएको वहाँले भन्नुभयो । पछिल्लो दुई महिनामा सातै प्रदेशमा खेलकुद प्रतियोगिता गरिरहेको छ।

   केन्द्रीय भलिबल विभागको आयोजनामा प्रमुख बुद्धि प्रसाद बश्यालले मदन स्मृति र मदन जयन्तीको अवसरमा यो वर्षको अन्तिम कार्यक्रम भएको उनले बताए। छात्रछात्रा गरि दुई विधामा हुने खेलको विजेता टिमले नगद ७० हजार रुपैयासहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने आचार्यले बताउनुभयो । यसैगरि उपविजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमलाई नगद ३० हजार साथै सान्त्वना टिमलाई नगद १५ हजार रुपैया,प्रमाणपत्रबाट पुरस्कृत गरिने आचार्यले भन्नुभयो ।

  यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैया, कप तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने र आईतबारसम्म प्रतियोगितामा छात्रतर्फ २३ वटा तथा छात्रातर्फ १८ टिम नाम दर्ता भएका छन। प्रत्येक टिममा २ जना राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधान राखिएको आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया