00:00:00
स्वास्थ्य

क्रिमसन अस्पताल र नवजीवन सहकारी तिलोत्तमा ६ बीच स्वास्थ्य सम्झौता

सोमबार असार ४, २०८०/ Monday 06-19-23

प्रकाश पाण्डे, तिलोत्तमा
२०८० असार ४

    रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको  क्रिमसन अस्पताल र तिलोत्तमा ६ मा केन्द्रिय कार्यालय रहेको नवजीवन बचत तथा ऋण सहकारी सस्था लिमिटेडका बिचमा स्वास्थ्य सम्झौता भएकोे छ । तिलोत्तमा सहित रुपन्देही क्षेत्रका आमबासिन्दाको  स्वास्थ सेवामा सर्वसुलभ पहुच बढोस भन्ने उद्धेश्यले स्वास्थ्य सम्झौता गरिएको अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

  क्रिमसन अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र सहकारीबीच  स-सर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका  प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो  । सम्झौतासंगै नवजीवन बचत तथा ऋण सहकारी सस्था लि मा आबद्ध शेयर सदस्यले अब अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । त्यसका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ ।

   यसअघि तिलोत्तमा ५  मणिग्राममा अवस्थित क्रिमसन अस्पताल र तिलोत्तमा सहित रुपन्देहीलाई कार्यक्षेत्र बनाएर संचालनमा रहेका अन्य ४  वटा सामाजिक संघ संस्थाबीच  स्वास्थ्य सम्झौता भैसकेको छ ।  अस्पतालले तिलोत्तमा १५ मा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी सस्था लि, तिलोत्तमा ७ सेमराबजारमा अवस्थित मेलमिलाप महिला बचत तथा ऋण सहकारी सस्था लि तिलोत्तमा ७ सेमरामै रहेको श्री प्रगति महिला आमा समुह परिवार, र ओमसतियाको टुगा आस्था विकाश बचत तथा ऋण सहकारी संस्था लि संग स-सर्त सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि लिखित सम्झौता गरेको अस्पताल प्रशासनले जनाएको छ ।

 सम्झौतासंगै अब ५  वटै सस्थामा आबद्ध सदस्यहरुले अब अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । सेवा शुल्कमा छुट पाउनका लागि ती संस्थाबाट सिफारिश भै आएका सेवाग्राहीले बिशेषाधिकार कार्ड बनाउनु पर्नेछ भने एकपटक कार्ड बनाएपछि सो कार्डले नियमित सधैका लागि काम गर्ने अस्पतालले जनाएको छ ।

यसैगरि  स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरेको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । सेवाग्राहीले बिशेषाधिकार कार्ड बनाउन व्यक्तिगत बिवरण र एकप्रति फोटो सहित आफै अस्पतालमा आउनुपर्ने अस्पताल प्रशासनले जनाएको छ । सो अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, अस्पतालका निर्देशक डा शेखर पोख्रेल,प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, नवजीवन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तर्फ़बाट अध्यक्ष नारायण पाठक, उपाध्यक्ष मित्र बन्धु पाठक र पम्फा भट्टराई  लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया