00:00:00
राष्ट्रिय

आज समाजवादी मोर्चाको  घोषणा गरिदै

सोमबार असार ४, २०८०/ Monday 06-19-23

रेडियो लुम्बिनी  । असार ४ गते । सित्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुको दाबी छ । समाजवादी मोर्चा बनेपछि २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति हुनेछ । मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुने या नहुने टुङ्गो लागेको छैन । 

तपाईको प्रतिक्रिया