मणिग्राममा लाखौं खर्चिएर जोडिएका ट्राफिक लाइट बल्न छाडे
प्रकाश पाण्डे, तिलोत्तमा
२०८० असार २
रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा जडान गरिएका ट्राफिक लाइट बल्न छाडेका छन् । नगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएर जडान गरेको ट्राफिक लाइट पछिल्लो एक महिना यता बल्न छाडेको स्थानीयको भनाई छ ।
ट्राफिक लाइट बल्न छाडे पनि मर्मतका लागी पहल नगरिएको स्थानीयले गुनासो गरेका छन । तिलोत्तमाका अन्य क्षेत्रहरुको तुलनामा मणिग्राम चोकमा बढि नै सवारी चाप हुने गरेको छ । सोही कुरालाई ध्यानमा राखेर तत्कालिन मेयर बासुदेव घिमिरेको कार्यकालमा (विं स.२०७८ सालको जेठ महिनामा) तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जड।न गरिएकोे थियो ।
जडान यता केही समय ट्राफिक लाइट राम्रै चलेपनि पछिल्लो समय भने पटक पटक बिग्रिदै र मर्मत संहार हुदै आएको थियो । तथापि पछिल्लो एक महिना यता भने ट्राफिक लाइट पुर्ण रुपमा बन्द रहेको र ब्यस्त सडकखण्डको ट्राफिक लाइट किन एकाएक बन्द भयो भन्नेबारेमा आफुहरु समेत बेखबर रहेको स्थानिय युवा अजय खरेल बताउँछन।
खरेलका अनुसार; “जथाभाबी बाटो काट्नेहरुका कारण मणिग्राम चोकमा दुर्घटनाको जोखिम समेत बढेर गएको छ । बडो तामझामका साथ जडान गरिएको ट्राफिक लाइट महिना दिन बढि बिग्रेर बस्दा समेत मर्मतका लागी कुनै पहल नगरिनु दुखद र लार्पवाही भएको जय दुर्गा फेन्सी कर्नरका संचालक प्रताप भण्डारीको भनाई छ । यसैगरि डन चिल्ड्रेन बोड्रिङ्ग स्कूलका शिक्षक पारस घिमिरे पनि विगत एक महिनाएता बिग्रेको ट्राफिक लाइट मर्मत नगरिनु नगरपालिकाको लार्पवाही भएको बताउनुहुन्छ ।
ट्राफिक लाइटले काम नगरेकोबारे आफुहरु जानकार भएको र यसका विषयमा नगरपालिकामा जानकारी गराईसकिएको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर पुन बताउनुहुन्छ पुन कै भाषालाई सापट लिने हो भने ट्राफिक लाइटको ब्यवस्थापन गर्ने जिम्मा लिएको ठेकेदार काठमाण्डौको भएको र केहीदिन अघि तिलोत्तमा नगरपालिकाको वातावरण शाखामा कार्यरत ईन्जिनियर युवराज पन्थि, ठेकेदार टोली र प्रहरी रोहवरमा निरिक्षणको काम सम्पन्न भएको र शीघ्र काम सम्पन्न गर्ने सहमति भएको बताउनुभयो ।
तर सहमति पश्चात फेरि किन ढिलाई भएको हो त्यो कुरामा भने आफु जानकार नभएको र नगरपालिका मै बुझ्न उनले आग्रह गरे । हामीले तिलोत्तमा नगरपालिकाको वातावरण शाखामा कार्यरत ईन्जिनियर युवराज पन्थिलाई बिगत १ महिनादेखि अवरुद्ध रहेको ट्राफिक लाइटको समस्या के हो र कहिले मर्मत संहार हुन्छ भनेर हामीले गत बिहिबार जिज्ञासा राखेका थियौ । जवाफमा पन्थिले, ”जिम्मा दिईएको मानिसले समयमा काम नगर्दा समस्या उत्पन्न भएको स्वीकार्नुभयो ।
साथे वहाँले अबको चार पाँच दिनभित्रै काम सम्पन्न हुने बताए पनि आज ३ दिन बितिसक्दा समेत काम भने अझै शुरु भएको छैन । करीब डेढ महिना अघि मोटरसाइकलको ठक्करबाट चोटग्रस्त बनेको मध्य सडकको दक्षिणी भागको मुख्य लाईटवाला पोल पनि ढल्ने अवस्थामा रहेको र कुनै पनि बेला पल्टेर ठूलो जनधनको क्षति हुने प्रष्ट देखिदा देखिदै पनि सम्बन्धित पक्ष मौन बस्नु लापर्वाहीको परकाष्टा भएको स्थानीय बुद्धिजिवीहरु बताउँछन ।
तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो हो । तिलोत्तमा नगरपालिकाले मानिसहरुको भीडभाड हुने क्षेत्र डाईभरटोल, मणिग्राम चोक, भलवारी र कोटिहवा चोक गरि नगरका ४ ठाउमा ट्राफिक लाइट जोडेको थियो । अन्य ठाँउको लाइट संचालनमा रहेपनि नगरको सर्वाधिक सवारी चाप हुने ठाउँ मणिग्राम चोकमा बिग्रेको लाइट मर्मत संहार नगरिदा आफुखुसी बाटो काट्ने यात्रु तथा बेतोडले दौडिने सवारी साधनले मणिग्राम चोकमा दुर्घटनाको खतरा झनै बढाएको छ ।
तपाईको प्रतिक्रिया