उपप्रमुख कार्यक्रम अन्तर्गतको वजेट परिणाममुखी कार्यक्रम संचालनमा –तिलोत्तमा उपप्रमुख चौधरी
तिलोत्तमा ,बिन्दु भटराई ।
सिकेको सिकाइलाई ब्यावहारमा लागू गर्न सक्नुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ । पछिल्लो समय धेरैजसो वजेट सही ठाउंमा प्रयोग नभएको गुनासो दोहोरिएको भन्दै तालिम तालिमका लागि मात्र बनाउन नहुनेमा कार्यक्रममा जोड दिईएको हो ।
उपप्रमुख महिला कार्यक्रम अन्तर्गत निशुल्क ३ महिने फेसन डिजाईनर तालिम समापन समारोहमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाले महिला आर्थिक रुपमा बलियो बन्न सक्नुपर्छ भन्ने उद्धेश्यले दिएको सिपमुलक तालिमले परिवर्तन ल्याउन सकेको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहांले आर्थिक उपार्जनका लागि प्रतिष्पर्धा जरुरी रहेको भन्दै प्रतिष्पर्धाका लागि बजारमा निस्किन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । “सीप सिक्नुभयो अब पैसा कमाउनुस र माग्न नपर्ने बन्नुस् बल्ल कार्यक्रम सफल भएको देखिन्छ चौधरीले भन्नुभयो ।” सिप सिकीसकेपछी अलपत्र नछाड्ने उद्देश्यले विभिन्न चरण गरेर अहिले ३ महिने प्रशिक्षण दिन सकेको बताउदै एक जोर कपडामा वर्ष विताउने हिजोको जस्तो समय नभएकोले र आज फेसन डिजाईनको महत्व निकै भएकोले सिपले ब्यवहारमै राम्रो नतिजा ल्याउन सक्ने विश्वास ब्यक्त गर्नुभयो । उहांले नगरपालिका परिणाममुखी कार्यक्रम संचालन गर्ने गरी अगाडि बढेको बताउनुभयो । उहांले सहभागीहरुले आफैले बनाएका पहिरन र फेशनमा आएका कपडाका सिलाई सामग्री तथा प्रशिक्षणको क्रममा तयार पारेका उत्पादनहरुको प्रदर्शनी गरेका थिए । पहिरनका बारेमा नगरपालिकाका उपप्रमुख चौधरीले प्रशंसा गर्नुभएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य राधा शाहीले सामाजिक संजालका कारणले ब्यक्तिका लगाउने चाहना बढेकोे पोसाकले ब्यक्तिको ब्यक्तित्व झल्किने हुनाले पनि फेसन डिजाईनर सिप प्रभावकारी वन्नेमा विश्वास ब्यक्त गर्नुभयो । उहांले अब उपप्रमुखलाई र आफ्नो पेशाप्रती गर्व गर्ने खालको काम गरेर नगरको बजेट सहि ठांउमा लागेको छ् भन्ने महशुस गराउने दायित्व प्रशिक्षार्थीको भएको भन्दै सुझाव दिनुभयो ।
त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले महिला घरभित्र मात्र हैन समाजका प्रतिष्पर्धात्मक कार्यमा उत्रीनुपर्ने र उपप्रमुखले छुट्याएको रकमबाट सिकेको सिपबाट नगरभित्रै प्रशिक्षक रुपमा उत्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
व्यवस्थापकीय संस्थाका कार्यबाहक संस्था प्रमुख अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक आदार ट्रेनिङ सेन्टरका मिना थापा क्षत्री,रिया शाह ठकुरी,सुनीता पाठक ,नम्रता पचभैया र आरती लिम्वुले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सानो लेखानी समाजका बलबहादुर श्रीस, प्रशिक्षर्थीको तर्फबाट मर्निङ ग्रुपका प्रतिनिधि पुनम गहतराज लगायतले बोल्नुभएको कार्यक्रममा चाउचाउका खोल र प्रयोग नभएको पत्रिकाबाट पनि डिजाईन निकालेर सामागी्र वनाउन सकिन्छ भनेर पनि अभ्यास थालिएको बताउनुभयो । मर्निङ ग्रुप र डे ग्रुप गरेर २ चरणमा संचालन गरिएको तालिममा ६० जना महिलाको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया