स्थानिय
योगीकुटीमा स्कारपियो दुर्घटना, एकजनाको मृत्यु
पाच जना घाइते भएका छन
आइतबार जेठ २८, २०८०/ Sunday 06-11-23
तिलोत्तमा, २०८० जेष्ठ २८
बुटवल–भैरहवा राजमार्ग अन्तरगत तिलोत्तमाको योगिकुटीमा गएराती स्कार्पियो दुर्घटनामा हुँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कार्पियो भैरहवाबाट बुटवलतर्फ आउँदै गर्दा बिहान अन्दाजी पौने ४ बजे आफै अनियिन्त्रत भई योगिकुटीको शान्तीकुञ्ज चोकस्थित विद्युतको पोलमा ठोक्किएको थियो । बा २० च १४३८ नम्बरको स्कार्पियो दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँमा १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया