00:00:00
स्थानिय

पाल्पामा भएको जिप दुर्घटना मृत्यु हुने को संख्या ४ पुग्यो, ११ जना घाईते

सोमबार जेठ २२, २०८०/ Monday 06-05-23


पाल्पा  २२ जेठ 
रुपन्देहीको सालझण्डी बाट अर्घाखाचीको पणेना जादै गरेको लु १ च ९०२४ नम्वरको जिप पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवती केवरे डाडामा हिजो बेलुका साढे ५ बजेको समयमा दुर्घटना हुदा ४  जनाको मृत्यु भएको छ ११ जना घाईते भएका छन । 

मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका वडा नंं १ पणेनाकी ५५ बर्षिया श्यामकला परियार, वडा नंं २ पोखराथोकका २६ बर्षिय चालक रमेश विक, सोही स्थानकै २५ बर्षिया सिता गौतम, सोही ठाउकै २ बर्षिय संयोग गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले बताए । 

दुर्घटनामा परी घाईते भई लुम्विनी प्रादेशिक अस्पतालमा बुटवल पाणीनी गाउँपालिका वडा नंं १ पणेनाका ६६ बर्षिय राम बहादुर विक, सोही ठाउकै ५ बर्षिया पार्वती पोखरेल र १० बषिय सोलिन परियार, वडा नंं २ पोखराथोकका ६ बर्षिय संयोग गौतमर रुरु गाउँपालिका बलेटक्सारका ९ बर्षिय सार्थक ज्ञवालीको उपचार भईरहेको छ । यसैगरी बुटवलको चौराहा अस्पतालमा अर्घाखाची पाणेनी गाउँपालिका वडा नंं १ पणेनीका ४४ बषिय विजय पोखरेल सोही ठाउकै हरी गौतमको उपचार भईरहेको छ । यसैगरी गंभिर घाईते भई भैरहवा मेडिकल कलेजमा अर्घाखाची छत्रदेव गाउँपालिका वडा नंं ४ बर्ष ७ बर्षिय समिर पाण्डे, सोही ठाउकै समिर पाण्डे, तिनाउ गाउँपालिका वडा नंं ३ दोभानकी ३४ बर्षिया लक्ष्मी पोखरेल, निजकी ५ बर्षिया छोरी आर्या भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटना भएको बलेरो जिप रातो प्लेटको निजी सवारी साधन रहेको छ । सालझण्डी अर्घाखाँची ढोरपाटन सडकमा  अत्याधिक मात्रामा निजी प्रयोजनका सवारी साधनले नियमित रुपमा यात्रु तथा मालसमान बोक्दै आएका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । 
 

तपाईको प्रतिक्रिया