स्वास्थ्य क्षेत्रमा संघ संस्थाको मन जित्दै क्रिमसन अस्पताल
प्रकाश पाण्डे
तिलोत्तमा २०८० जेठ २०
तिलोत्तमा ५ मणिग्राममा अवस्थित क्रिमसन अस्पताल र तिलोत्तमा मै अवस्थित अन्य ३ वटा सामाजिक संघ संस्थाबीच स्वास्थ्य सम्झौता भएकोे छ । तिलोत्तामाका आमबासिन्दालाई सर्वसुलभ तथा स्वास्थ सेवामा पहुच बढाउने उद्धेश्यले स्वास्थ्य सम्झौता गरिएको अस्पतालका निर्देशक शेखर पोख्रेलले जानकारी दिनुभयो ।
अस्पतालले तिलोत्तमा १५ मा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी सस्था लि, तिलोत्तमा ७ सेमराबजारमा अवस्थित मेलमिलाप महिला बचत तथा ऋण सहकारी सस्था लि, र तिलोत्तमा ७ सेमरामै रहेको श्री प्रगति महिला आमा समुह परिवारसंग स-सर्त सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि लिखित सम्झौता गरेको अस्पताल प्रशासनले जनाएको छ । सम्झौतासंगै ३ वटै सस्थामा आबद्ध सदस्यहरुले अब अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् ।
सेवा शुल्कमा छुट पाउनका लागि ती संस्थाबाट सिफारिश भै आएका सेवाग्राहीले बिशेषाधिकार कार्ड बनाउनु पर्नेछ भने एकपटक कार्ड बनाएपछि सो कार्डले नियमित सधैका लागि काम गर्ने अस्पतालले जनाएको छ । यसैगरि स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरेको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।
सेवाग्राहीले बिशेषाधिकार कार्ड बनाउन व्यक्तिगत बिवरण र एकप्रति फोटो सहित आफै अस्पतालमा आउनुपर्ने अस्पताल प्रशासनले जनाएको छ । सो अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, अस्पतालका निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, जनउत्थान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तर्फबाट अध्यक्ष ज्ञानु पौडेल, व्यवस्थापक रनबहादुर थापा, मेलमिलाप महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तर्फबाट अध्यक्ष सरस्वति पाण्डे, व्यवस्थापक माया सिंजाली, र श्री प्रगति महिला आमा समुह परिवारको तर्फबाट अध्यक्ष राधिका गुरुङ एवं मुना सिंजाली लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया