रुकुम पूर्वको हुकाम केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प
जेठ ७, रुकुम पूर्व
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । लुम्बिनी प्रदेशको पूर्वी रुकुम जिल्लाको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि वैशाख २८ गते बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । वैशाख महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गएको तथ्याङ्क छ । नेपालको पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।
भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिमी क्षेत्रमा जमिन मुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भन्दै त्यस क्षेत्रका स्थानीय बासिन्दालाई अहिलेदेखि नै सावधानी अपनाउन र पूर्वतयारी गर्न भूकम्पविद् मुकुन्द भट्टराईले सुझाव दिनुभएको छ ।
तपाईको प्रतिक्रिया