तिलोत्तमा ।
आज मे १७ तारिख विश्व उच्च रक्तचाप दिवस ,हरेक वर्ष यस दिन दिवस मनाइन्छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् ।
विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
विश्वमा ९९ करोड ब्यक्ति यो समस्याबाट ग्रसित छन् । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने लुम्विनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले बताउनुभयो । उहांका अनुसार वयस्क पुरुषमा बढी उच्च रक्तचाप भेटिएको भनिएपनि उमेरले कुनै प्रभाव नपार्ने र बंशाणुत प्रभाव पनि उत्तिकै पर्ने देखिन्छ । ग्रामिण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो रहेको पाठकको भनाई छ ।
तपाईको प्रतिक्रिया