00:00:00
स्वास्थ्य

नर्सिङ्ग दिवसका अवसरमा क्रिमसन अस्पतालका बिरामीलाई फलफूल वितरण

शुक्रबार बैशाख २९, २०८०/ Friday 05-12-23

प्रकाश पाण्डे,तिलोत्तमा
२०८० बैशाष २९

     १९७ औ अन्तरास्ट्रिय नर्सिङ्ग दिवशको अवसर पारेर तिलोत्तमा ५ मणिग्रामस्थित  क्रिमसन अस्पतालले शुक्रबार अन्तरक्रिया एवं अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

नर्सिङ सुपरभाईजर सरिता अर्यालको अध्यक्षता तथा अस्पतालका निर्देशक डा शेखर पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले, नर्स पेशा आफैमा चुनौतिपूर्ण र अनुशासित पेशा भएकाले अनुशासित भई बिरामीको सेवामा निरन्तर लाग्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा शेखर पोख्रेलले फ्लोरेन्स नाइटिङ्गेलले देखाएको बाटोलाई आत्मसात गर्दै अघि बढ्न अस्पतालमा कार्यरत नर्सहरुलाई आग्रह गर्नुभयो ।

नर्सहरुले बिरामीहरु माथी गर्ने व्यवहारले पनि बिमार आधा निको हुने भन्दै डा पोखरेलले, नर्सहरुलाई सरल र सहज ढंगबाट बिरामीको सेवामा लाग्न निर्देशन दिनुभयो ।सो अवसरमा अस्पतालका प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, नर्सिङ सुपरभाईजर सरिता अर्याल लगायतले मन्तब्य दिनुभएको थियो । कार्यक्रमको संचालन मेडिकल रेर्कडर जमुना पाण्डेयले गर्नुभएको थियो  ।

अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा अस्पतालका अस्पतालका निर्देशक डा शेखर पोख्रेल लगायत नर्सहरूको टोलीले, अस्पतालभित्र रहेका विरामीहरूलाई फलफूल वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया