00:00:00
स्थानिय

अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु, मृतक संख्या चार पुग्यो

बुधबार बैशाख २७, २०८०/ Wednesday 05-10-23

बैशाख २७, अर्घाखाँची
    अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा निधन भएको हो । यो सँगै मृतक संख्या चार पुगेको छ ।

हिजो भुमिकास्थान नगरपालिका २ तिरतिरे जङगलमा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएको थियो । आगोले घर जलेपछी निभाउन खोज्दा ३६ वर्षीय माधव वेल्वासे, ७२ बर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीया पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासे घाइते हुनुभएको थियो । पिताम्बर, पदम र घनश्यामलाई उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने माधवको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक चारै जना एउटै गाउँका हुन् । घा

ईते २५ बर्षिय संगिता बेल्बासेको भने पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया