00:00:00
स्थानिय

भैरहवामा एकदिने व्यवस्थापकीय लेखा तालिम

शनिबार बैशाख २३, २०८०/ Saturday 05-06-23

२३ वैशाख, भैरहवा ।
   चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा शनिबार भैरहवामा एकदिने व्यवस्थापकीय लेखा तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले व्यवसाय सञ्चालन गर्नुअघि पनि धेरै कुरा जान्नुपर्ने भएकाले यो तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिमबहादुर खत्रीले औपचारिक शिक्षासँगै आफूले काम गर्ने क्षेत्रका बारेमा दक्षता तथा ज्ञान आवश्यक रहेको बताउनुभयो । तालिमका प्रशिक्षक गोविन्द प्रसाद रेग्मीले प्रत्येक वर्ष आर्थिक विधेयकमा केही न केही परिवर्तन हुने भएकाले यसबारे जानकारी हुन आवश्यक रहेको भन्दै यस वर्ष कर र लेखासम्बन्धी आधारभूत कुराहरुबारे तालिममा जानकारी गराइएको बताउनुभयो ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, सचिवालय सदस्य सुरेन्द्र पाण्डेको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा भएको तालिममा ४९ जनाको सहभागीता रहेको संगठनका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले जानकारी दिनुभयो । 
 

तपाईको प्रतिक्रिया