00:00:00
स्थानिय

बुटवलको सप्तदिप बहुउदेश्यीय सहकारीका संचालकहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन

मंगलबार बैशाख १९, २०८०/ Tuesday 05-02-23

 बुटवल २०८० बैशाख १९

 सप्तदिप बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि संचालकहरु सहकारीको कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन् ।

  सहकारीका बचतकर्ताहरुले कुनै पनि सुचना नटांसी संचालकहरु सम्पर्क बिहिन भएको बताएका छन् । विगत १५ दिनदेखि कार्यालयमा ताला लगाएर संचालकहरु सम्पर्कविहिन भएपछि सदस्यहरुले सोमबार कार्यालय अगाडी धर्ना दिएका थिए । दैनिक रुपमा बचत गर्दै आएको पैसा नपाएपछि धर्ना दिएको बचतकर्ता लक्ष्मी मल्लले बताउनुभयो ।

 सानो व्यवसायबाट जम्मा गरेको रकम सहकारीमा बचत गर्दै आएपनि संचालकहरु नै सम्पर्क विहिन भएपछि विचल्लीमा परेको मल्लले भन्नुभयो ।
अर्का बचतकर्ता सिता घिमिरेले बचत रकम फिर्ता गर्ने भन्दै संचालक समितिले टोकन दिएको र सोहि टोकन लिएर सहकारीमा जांदा कार्यालयमा ताला लगाईएको बताउनुभयो । कार्यालयका कर्मचारी फर्सुराम ढकालले पनि कार्यालयका विषयमा आफुलाई धेरै जानकारी नभएको जानकारी दिनुभयो ।

 संचालकहरु सम्पर्क विहिन भएपछि पचास हजार देखि पांच लाखसम्म बचत गरेका बचतकर्ताहरुले इलाका प्रशासन कार्यालय अगाडी समेत धर्ना दिएका थिए । 

तपाईको प्रतिक्रिया