00:00:00
स्थानिय

सेनाको सहयोगमा तिलौराकोट दरबार क्षेत्रका झाडी तथा बुुट्यानको सरसफाई    

आइतबार बैशाख १०, २०८०/ Sunday 04-23-23

लुम्बिनी, बैशाख १० 
   विश्व सम्पदा सूूचीमा सूूचीकृतको तयारीमा रहेको प्राचिन तिलौराकोट दरबार क्षेत्रको झाडी, बुुट्यान सरसफाई शुरु गरिएको छ । २५६७ औं बुद्धजयन्तीलाई लक्षित गर्दै आईतबार एक समरोहका विच तिलौराकोट दरबार क्षेत्रको झाडी सफाई अभियान शुरु गरिएको हो ।

लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलबस्तुुको सहयोगमा एक हप्तासम्म  दरबार दक्षिण तर्फ रहेको झाडी, बुुट्यान सरसफाई गरिने प्रमुुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो । विश्व सम्पदा सूूचीमा सूूचीकरणको लागि पर्याप्त प्रमाण संकलन भइसकेको बताउँदै थप देखिनेलायक बनाउन झाडी सफाई गरिएको उहाँको भनाइ छ ।

अभियानमा लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई सहित नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका गणपती प्रमुख सेनानी दिलिप घले, कोषका पुरातात्व महाशाखाका बरिष्ठ पुरातात्वविद् हिमाल उप्रेती, लेखा अधिकृत भिमबहादुर बस्नेत, बनस्तपती शाखा प्रमुख कमलेश बर्मा र पत्रकार मनोज पौडेलको उपस्थिती रहेको थियो ।

नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका सहसेनानी क्याप्टेन अमृत गुरुङको नेतृत्वमा एकहप्तासम्म झाडी सफाई हुने लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिनुभयो । ने

पाली सेनाका ५० जना र लुम्बिनी विकास कोषका तर्फबाट सुरक्षकर्मी र मालीहरु १३ जना  गरि ६३ जनाको टोली झाडी सफाईमा जुटेका छन् । 
 

तपाईको प्रतिक्रिया