00:00:00
स्थानिय

पाल्पा बस दुर्घटना : मृतकको परिचय खुल्यो, ३५ जना घाइते

आइतबार बैशाख १०, २०८०/ Sunday 04-23-23

पाल्पा, १० बैशाख 
   आईतवार तानसेन बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका वडा नंं ५ जोरधारामा बस दुर्घटनामा परी मृत्यु भएका महिलाको परिचय खुलेको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्वरको बस आज विहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरुमध्ये रुपन्देही देवदह नगरपालिकाका अन्दाजी ३६ बर्षिया राधिका पौडेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । अन्य ३५ जना घाईते भएका छन ।

घाईतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको र ५ जनाको अवस्था गंभिर रहेको कलेजका मेडिकल सुपरिटेनडेन्ट राजु शाक्यले बताउनुभयो । उहाँकाअनुसार अन्यको हात खुट्टा, टाउको छातीमा चोटपटक लागेको छ ।

बस तिव्र गतिमा रहेको, मोडमा साईड नकटेको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उपरिक्षक थापाले बताउनुभयो । बस सडकबाट करीव १०० मिटर तल खसेको हो । घाईतेको उद्धारमा प्रहरी, नेपाली सेना, शशस्त्र र स्थानीयवासीहरु जुटेर तत्काल उद्धार गरी लुम्विनी मेडिकल कलेज पठाएका थिए ।

तपाईको प्रतिक्रिया