बैशाख ४, तिलोत्तमा
संयुक्त भूपू सैनिक संघ तिलोत्तमा २ को आयोजनामा तिलोत्तमा नगरपालिकाले सार्बजनिक गरेको सामाजिक अभियानका बारेमा बृहत र्याली आयोजना गरिएको छ। तिलोत्तमा वडा नं २ स्थित शान्ति कुञ्जमा एक औपचारिक कार्यक्रम गरि शुरु भएको र्यालीमा सरोकारवालाहरुको सहभागिता रहेको थियो।
संयुक्त भूपू सैनिक संघ तिलोत्तमा २ का अध्यक्ष डोर बहादुर खड्काको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाले घोषणा गरेको हर्न निषेध,पशु दर्ता प्रणाली, गुट्खा जन्य पदार्थ बेचबिखनमा रोक,फोहोरको बर्गिकरण, बाताबरणमैत्री स्थानिय शासन निर्माण अभियान, व्यक्तिगत घटना दर्ता सप्ताह लागयतका अभियानबारे प्ले कार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
वडाका सबै भूपू सैनिक, जनप्रतिनिधीहरू,टोल बिकास समिति, आमा समूह, युवा क्लब, बाल समूहलगायत सरोकारवालाहरुको उपस्थिति रहेको र्याली औपचारिक कार्यक्रम पछि शान्तिकुञ्ज चोक हुँदै जानकी नगर गेट, सिताराइस मिल चोक,शंकरनगर चोक हुँदै वडा कार्यालयसम्म पुगि कोणसभामा परिणत भएको थियो।
तपाईको प्रतिक्रिया