राष्ट्रिय
आज लुम्बिनी र सुदूरपश्चिमका तराईमा हावाहुरीको सम्भावना
बुधबार चैत २९, २०७९/ Wednesday 04-12-23
चैत २९, काठमाडौं ।
आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधवार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया