00:00:00
विचार/व्लग

यात्रा जिन्दगीको....

भाग - २
मंगलबार चैत २८, २०७९/ Tuesday 04-11-23

२०७९ चैत्र २८

     हजुरआमाको कुरा सुनेर अमृता हासदै भन्छे हजुरको त्यो सपना मैले एकदिन पुरा गर्छु आमा । उसलाई साँच्चैनै आफ्नो सपना पूरा हुन्छ जस्तो गरेर चञ्चलताका साथ भनेकी थी । कुरा गर्दै जाँदा उसले हजुरआमा लाई सोधेको थी हजुरआमा बाबा कस्तो हुनुन्छ नी...
      हजुरआमा ले सम्भालेर राखेको एउटा तस्बिर देखाउनु भयो । फोटो देखेर उ निकै खुशी भएर उफ्री मानौ आफ्नो बुबालाई आफ्नै आँखा अगाडि देखे जस्तै । बाबा भन्दै अंगालो हाल्न मन थियो तर के गरोस् त्यो त एउटा तस्बिर मात्रै थियो ।
      बाबा त कति राम्रो है हजुरआमा ले फुर्काउदै भन्नुभयो बाबा भन्दा तिमी राम्री छौ । अमृता खुशी भई, साँच्चिी नै अमृता निकै  राम्री थी, गोलो अनुहार नसालु आँखा, रसिला ओंठ सर्लक्क परेको कालो केश। मिलेको ज्युढाल । भर्खर जवानीले छुदै थियो अमृतालाई तेस्सै माथि उसको सुन्दरतामा पनी निखार्था आउँदै थियो।
  उसले आज बाबा आमालाई एकदमै याद गर्दै थि । उसको आमा कहिलेकाई भेट्न आएपनि बाब को सचित्र उसको मनमा खेलिरहनथ्यो । छि छि यो समाजको बोली र सभ्यता अमृता माथि त्यति कुरुर ब्यवहार गर्दा उसको मनमा कति चोट पर्यो होला कसैले सोचेन बस हेप्न र दमन गर्न मात्रै खोजे स्कूल जान्थी आउँथी हजुरआमालाई भान्सामा सहयोग गर्थि । ठूलो बाबा ठूलीआमा ले जनतन पढाएका थिए ।

 एकदिन स्कूल बाट फर्केर आमालाई भान्सामा सहयोग गर्दै थिई । राति सबै जना खाना खाएर सुती सकेका थिए । एक्कासी रातिको २ बजे कसैले ढोका ढक ढकायो । आमाले उठेर ढोका खोलेर हेर्दा लिखुरे अनुहारमा जुँगा दारी, हातमा एउटा झोला अनि नसाको हालतले होसमा नभएको अर्धबैँसे मानिस भित्र प्रवेश गर्यो । आमाले एकासी त्यो मानिसलाई झम्टेर रुन लाग्नु भयो । बिचारी अमृता झस्केर उठेर हेर्दा त्यो मानिसलाई बाबु भन्दै रोएको देख्दा अल्लमल्ल परेकी थिई । अर्को कोठामा उसको ठुलोआमा र उनको छोरी झरना सुतेका थिए । के भयो भन्दै आतिदै आएर हेर्दा त्यहाँ त अमृताको बाबालाई देख्दा सपना हो कि बिपना छुट्याउनु गार्हो भयो । कसैले मर्यो भन्थे, त कसैले अर्को बिहे गरेर बसेको छ भन्थे । तर त्यतिका वर्षपछि आफ्नो छोरालाई देख्दा जसको पनि आँखा रसाउँछ नी ।

    अमृता त अक्क न बक्क भएको थी । न त रुन सक्थी न त हाँस्न । उसले आज आफ्नो सबैथोक पाएकी थी । जुन समाजले उसलाई टुहुरी भनेर हेला गर्थे त्यो शब्दबाट छुटकारा पाएको जस्तो लागेको थियो । उसलाई बाबाले छोरी भनेर बोलाएर अंगालो हाल्दा बलिन्दरा आँसु खसालेकी थिई । आँसु त आउने नै भयो नी आफ्नो बाबालाई आफ्नो आँखा अगाडि देख्न पाएकी थिई । सबैलाई लागेको थियो अब सबै राम्रो हुने छ तर लागेको बानी कहाँ जान्थ्यो  र, भन्छन् नि १२ वर्ष सम्म कुकुरको पुच्छर ढुङ्रोमा राखे पनि बाङ्गो को बाङ्गो नै हुन्छ । त्यस्तै उसको बाबाको बानीमा कहिले  सुधार आएन ।

     आफनो बुढी हुन लागेको आमा र आमा मुनिको भाउजु लागि धम्काउने । यो सबै कुरा बाट आजित भएसकेकी थिई । उसलाई लागेको थियो मैले अब बाबाको माया पाउँछु । अनि अरूलाई जस्तै सुकिला राम्रो लुगा लगाएर हिँड्न पाउँछु अनि मैले पनि सबैको अघि मेरो बाबाको हात छोपेर हिँड्छु अनि कसैले केही भन्न पाउँदैन मलाई । सबैको माया पाउँछु । जे सोचेको थिई सबै उल्टो हुँदै गयो । बल्ल थाहा पाउदै थिई मम्मीले  उसलाई किन छोडेर जानुभएको रहेछ भनेर । उसलाई त अब छोरा मान्छे भने पछि डर लाग्न लागेको थियो ।

  कोहि पुरुष उसको नजिक आए पनि डराएर आमाको छेउमा आएर बस्थी । जुन बाबाको माया पाउन हतार थियो उस्लाई त्यही बाबाबाट टाढा हुन मन थियो ।अनि आमालाई सोध्ने गर्थी उ मेरो बाउ किन यस्तो हुनुन्छ मलाई किन माया गर्नु हुन्न किन अरुको बाबा जस्तो हुनुन्न । आमा आँसु झार्दै उसको फिजारिएको कपाल मिलाउँदै भन्नु भयो । भाग्यमा जस्तो लेखेर आएको हुन्छ त्यस्तै भोग्न पर्छ नानी । सबै छोरा गतिलो हुँदा यही छोरा यस्तो हुन्छ भन्ने कसलाई थाहा थियो र । बिग्रेर छिटै बिहे गर्यो, अर्काको छोरी लिएर आयो अनि तेरो जन्म भयो अब सुध्रिन्छ की भनेको उसलाई पनि बाँच्न न नदिएर उसको दुःख हेर्न नसकेर हामीले नै अर्को बिहे गरिदियौ । थाहा छैन मेरो कोख नराम्रो थियो या तिम्रो भाग्य।
 
गाउँका मानिसहरु पनि उसको बानी देखि हैरान थिए । कसैको कुरै नसुन्नी न घरको न गाउलेको फेरी एक दिन अमृताको बाबा पहिले जस्तै घर छोडेर हिंडे सबैसँग बिदा मागेर गाउँबाट गएका अमृताको बाबा न सम्पर्कमा आए न फर्किएर । अमृता र उसको बाबाको साथ चैत मासको हुरी जस्तै भयो।
 
   समय निरन्तर अघि बढी रहेको थियो । १० कक्षाको अध्धयनपछि अमृतालाई पनि शहर जाने उतै पढ्ने रहर लाग्यो । अब अगाडिको जीवनको यात्रा सोचे जस्तो सजिलो भने थिएन । त्यसैले अब केही गर्न पर्छ भन्ने उदेश्यका साथ उसले एकदिन आमा लाई भनि, आमा अब म शहरमा गएर माइली ठूलीआमा र ठूलोबाबासँग बसेर अबको यात्रालाई अघि बढाउँछु।  म जता गएनी जे गरेनी हजुरको माया र आशिर्वाद सधै म बीच रहनेछ ।
क्रमश...


लेखक :- निरुता गिरी
बि एड प्रथम बर्ष

 

तपाईको प्रतिक्रिया