तिलोत्तमा २०७९ चैत्र १६
महिला हिंसा लैङ्गिग तथा यौनिकता र अपाङ्गता अधिकार सम्बन्धी बुटवलमा दुई दिने सचेतानमुलक कार्यक्रम सम्पन्न भएको छ । सहभागीहरुले कुनै पनि अधिकार उलंघन भएको अवस्था वा अधिकार प्राप्तीको अभियानमा एक जुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
अपाङ्गता महिला संघ रुपन्देहीको आयोजना र बुटवल उपमहानगरापलिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालिकाका वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्याललले अपाङ्गता भएकै करण विभिन्न हिंसाबाट प्रभावितहुनुपर्ने अवस्थाको अन्त्यकालागि समयमा नै सचेतना आवश्यक रहेको बताउनुभएको थियो । अर्याललले कुनैपनि व्याक्तिबाट हिंसा भैरहेको भन्ने सूचना प्राप्त हुँदा साथ त्यसको तत्काल प्रतिवाद गर्नको लागि आग्रह पनि गर्नुभएको थियो ।
अपाङ्गता भएका व्याक्ति तथा लक्षित समुदायको व्याक्तिहरुको व्यवसायीक सीप विकास आवश्यक रहेको भन्दै अर्याललले सीप प्रदान गरेपछि दैनिक जिविकोपार्जनका लागि विभिन्न काम गर्न सक्ने गरी सीपको बर्गीकरण गरी तालिम प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । सिपजन्य क्रियाकलापमा नगरपालिका जहिले पनि सकारात्मक रहेको अर्याललको भनाइ थियो ।
कार्यक्रममा अपाङ्गताको अवस्था, बर्गीकरण, सामाजिक सुरक्षाभत्ता लगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाको सामाजिक विकास तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले बुटवल उपमहानगरपालिकाले प्रत्येक महिनाको अन्तीम साता अपाङ्गता परिचय पत्र प्रदान गर्दै आएको बताउनुभयो । वहाँले परिचय पत्र अपाङ्गता भएका व्यक्तहरुको अधिकार भएको भन्दै कुनै पनि स्थानमा अपाङ्गता भएका व्याक्तिहरु रहेको भए वडा तह बाट अपाङ्गता परिचय पत्र प्राप्तीको लागि निवेदन दिएर नगरपालिका मार्फत परिचय पत्र प्राप्त गर्नुपर्ने समेत बताउनुभयो ।
वहाँले नेपाल सरकारले निर्देष्ट गरे बमोजिम ‘क’ बर्गको पुर्ण अपाङ्गता र ‘ख’ बर्गको अति अशक्त अपाङ्गता भएका व्याक्तिहरुलाई मासिक रुपमा समाजिक सुरक्षा भत्ता समेत प्रदान गर्दै आएको बताईन । उनले अहिले ‘क’ बर्गलाई ३हजार ९ सय ९० र ‘ख’ वर्गलाई २ हजार १ सय २८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्धगराउदै आएको जानकारी दिनुभएको थियो ।
यस्तै ‘ग’र ‘घ’ वर्गको अपाङ्गता भएका व्याक्तिहरलाई राज्यस्तरबाट निर्णय भए अनुसार शिक्षा क्षेत्रमा, यातायातमा लगायत विभिन्न आरक्षणमा समेत छुट रहेको बताउनुभयो । दुई दिन सम्म चल्ने कार्यक्रममा अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, उपाध्यक्ष मैया लम्साल सहित अन्य लैङ्गीक तथा योनिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्याक्ति र तिनका अभिभावकहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया