00:00:00
स्थानिय

पूर्वप्रधानमन्त्री ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण

शनिबार चैत ११, २०७९/ Saturday 03-25-23

चैत ११, लुम्बिनी
  पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नुभयो । ओलीले लुम्बिनीको मायादेवी मन्दिरको दर्शनसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्र्तराष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गर्नुभयो । पूर्व प्रधानमन्त्री ओलीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँको साथमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सांसदहरू, पूर्व मन्त्रीहरू र पार्टीका नेताहरू सहभागी थिए ।

कपिलवस्तुमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरूट अभियानमा सहभागी हुन उहाँ लुम्बिनी आउनुभएको हो । 

तपाईको प्रतिक्रिया