तिलोत्तमा ४ चैत ।
बिन्दु भट्टराई ।
१६ मौजा हाल ३३ मौजा सिंचाई प्रणालीको सकृयतामा १६ मौजा मुल नहरमा सरसफाई गरिएको छ । बुटवल होराईजन चोकदेखि तल मुल तपाहसम्म सरसफाई गरिएको हो । उक्त नहरको फोहोरका कारण तिलोत्तमाका किसानले समेत सास्ती भोग्दै आउनुपरेको छ । त्यस्तै १६ ( ३३) मौजा सिंचाई प्रणालीका अध्यक्ष चुरामणि भट्टराईले नहर आसपासमा भएको जग्गा अतिक्रमण भएको आरोप लगाउंदै अव छिटै जग्गा छुट्याउने काममा आफु लाग्ने स्पष्ट पार्नुभयो ।
उहांले नहर डिपिआरका लागि १ अर्व रुपियां बरावरको कार्ययोजना बनेकोले त्यसको कार्यान्वयन अव बन्ने सरकारले गरोस भन्दै सरकारलाई ध्यानाकर्षण समेत गराउनुभयो । त्यस्तै जानकिनगरका मुख्तियारले १४ वर्षअगाडि देखि कुलाई नभएको भन्दै अहिले भएको सरसफाईका कारण खुसि भएको बताउनुभयो ।
बषौंदेखि जम्मा भएर बसेको फोहोर सफाईका लागि सानो जनशक्तिले सम्भव नभएको र लामो समयपछि सफाई गरिएको उक्त नहर सफाई कार्य सम्पन्न गर्न कति दिन लाग्छ भनेर भन्न सक्ने अवस्था नभएको समाजसेवी अर्जुन उपाध्यायले बताउनुभयो ।
तपाईको प्रतिक्रिया