00:00:00
स्थानिय

३ लाख बढीको सामग्री पाल्पामा पक्राउ

शुक्रबार चैत ३, २०७९/ Friday 03-17-23

बुटवल २०७९ चैत्र ३

   जिल्ला प्रहरी कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग अन्तरगत विहिबार तिनाउ–३ पैठे डाँडाबाट अवैध सामग्री बरामद गरेको छ ।

  राजमार्ग क्षेत्रमा नियमित चेकजाँचको क्रममा बुटवलबाट गुल्मीतर्फ लैजाँदै गरेको अवस्थामा लु २ च ५४८९ नम्बरको पिकअप बलेरोमा अवैध सामग्री बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार राजश्व छली गरी ल्याउँदै गरेको अवस्थामा ९८२ के.जी. चियापत्ती, ईम्ली मिठाई ६ कार्टुन, सनपापडी मिठाई ५ कार्टुन गरी अन्दाजी मुल्य ३ लाख ६ हजार बढीको सामग्री बरामद गरेको हो ।

 बरामद गरिएको सामग्री, गाडी र चालक सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया