00:00:00
स्थानिय

तिलोत्तमाको मानव साङ्लो,अभियानमा सबैको प्रतिबद्धता

मंगलबार फाल्गुण ३०, २०७९/ Tuesday 03-14-23

रुपन्देही - तिलोत्तमा
२०७९ फागुन ३०

  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो सहितको सरसफाई अभियान सञ्चालन गरिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताह व्यापी कार्यक्रम अनुसार सिक्सलेनमा मानव साङ्लो सहित सरसफाई गरिएको हो । अयिभानमा सबै नगरकबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजनागरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

योगिकुटी देखि कोटिहवाको १२ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एक—आपसमाहात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिकदलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
 
सरसफाई तिलोत्तमाको पहिचान र सभ्याताहो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिनमानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुले विभिन्नप्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
 
मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन समेत गरिएको छ । श्रृंखला १०० औं माप्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकका पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा गर्नुभयो ।
 
त्यसक्रममा नगर प्रमुख खाणले सरसफाईलाई तिलोत्तमा बासीको संस्कार र संस्कृतिसँग जोडेर दीगो बनाउने अभियानमा नगरपालिका रहेको बताउनुभयो । तिलोत्तमाले बनाएको स्वच्छ र सफानगरको पहिचानले यहाँ बसाइसराईको दर समेत तीव्र रुपमा बढेको नगर प्रमुख खाणले बताउनुभयो । उहाँले बुधबार आयोजना गरिएको मुख्यकार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आह्वान समेत गर्नुभयो ।
 
उपप्रमुख चौधरीले तिलोत्तमा बासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमा आफ्नो विशिष्ट छवि बनाएको उल्लेख गर्दै तिलोत्तमाको पहिचानको श्रैय नगरबासीमा जाने बताउनुभयो । उहाँले आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास गर्न नगरबासीलाई अनुरोध गर्नुभयो ।
 
तिलोत्तमामा २०७४ सालको स्थानीय तहनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । यो अभियानलाई २०७९ वैशाख ३० गतेको स्थानीयतह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि निरन्तरता दिएपछि यो एक सयौं श्रृखंलामा पुगेको हो । चैत्र १ गते एक सयौं श्रृंखलामापुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालनहुँदै आएको छ ।

  वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरण मैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ ।  एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएको छन् ।

 

 

तपाईको प्रतिक्रिया