00:00:00
स्थानिय

तिलोत्तमा नगरमा नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

सोमबार फाल्गुण २२, २०७९/ Monday 03-06-23

तिलोत्तमा २०७९ फागुन २१

रुपन्देहीको तिलोत्तमा नगरपालिका कुन्जलापुरमा १ सय १३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

 ११३औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा नगरपालिकाका विभिन्नि वडाबाट ११ जना प्रतियोगिहरु सहभागी भएका थिए । लैंगिक समानताको बलियो आधार : सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार बिषयमा बक्तृत्वकला आयोजना भएको थियो। प्रतियोगितामा तिलोत्तमा वडा न. ६ की कमला पाठक प्रथम, वडा नम्बर १३ की बिमला केसी दोस्रो र तिलोत्तमा २ नं की बसुन्धरा पाण्डेले तेस्रो स्थान प्राप्त गर्नु भएकोछ भने सान्त्वना पुरस्कार वडा नम्बर ११ कि ममता गिरी र मिना अर्यालले प्राप्त गरेका छन् ।  

लेखक प्राध्यापक तथा साहित्यकार ऋषिराम भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीकी महिला उपध्यक्ष अमृता अनमोल, पत्रकार संजु पौडेल निर्णायक रहेको प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ८, तेस्रोले ६ र सान्त्वना पुरष्कार प्राप्त गर्नेले नगद ४/४ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाहुने प्रतियोगीलाई उप प्रमुख जागेश्वर देवी चौधरीले नगद सहित पुरष्कार बिअतरण गर्नुभएको थियो।

 नगर उप प्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख अथित्यतामा सम्पन्न सो प्रतियोगितामा बिभिन्न वडाका वडा अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक दल, सरोकारवाला निकाय, ब्यबसायिक तथा पेशागत संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले हरेक घरमा नारी शिक्षित हुन जरुरी रहेको बताउनुभयो। उहाँले समाजको सृष्टी देखि बिकास समृद्धिका लागि नारीको सहभागिता र शिक्षित समाज निर्माणका लागि नारीको ठुलो भूमिका रहेको बताउनुभयो। सो अवसरमा बोल्दै नगर उप प्रमुख जागेश्वर देवी चौधरीले नारीको अधिकारका लागि पुराना पुस्ताले गरेको त्यागले आजका नारीहरु समाजमा स्थापित हुन सघाएको बताउनुभयो। उहाँले समाजमा नारीको त्याग र समर्पणले समाजलाई बिकासको बाटोमा ल्याउन सफल भएको बताउनुभयो।

 

 

तपाईको प्रतिक्रिया