00:00:00
राष्ट्रिय

मुस्ताङमा विश्वविद्यालय खोल्ने निर्णय भएको छैन, ओलीले भ्रमपूर्ण प्रचार गरे : सरकार

सोमबार फाल्गुण २२, २०७९/ Monday 03-06-23

काठमाडौं - २१ फागुन २०७९

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुस्ताङमा विश्वविद्यालय स्थापना गर्नका लागि भारतलाई अनुमति दिएको भन्ने भनाइ भ्रमपूर्ण रहेको सरकारले बताएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

सरकारका प्रवक्ताको विज्ञप्तिमा ‘मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ, भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो त्यसको अध्ययन र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने पनि सरकारले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया