सिद्धार्थनगर–६ मा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु
भैरहवा, १८ फागुन २०७९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान सुरु भएको छ । सिद्धार्थनगर–६ मा बुधबारदेखि दुईमहिने अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले मिसन ग्रासरुट अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहााले पार्टीको गतिविधिलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै एमाले रुपन्देही जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीले विगतका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उनले भने, ‘एकआपसमा रहेका असमझदारीलाई हटाउँदै एमालेलाई अझ बलियो बनाउँदै जनताको पक्षमा काम गर्दै जानुपर्छ ।’
पार्टीका सिद्धार्थनगर नगर कमिटी सचिव नारायण प्रसाद भण्डारीले विगतको निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका क्षेत्रमा आगामी निर्वाचनमा जित्ने गरी लाग्नुपर्ने बताउदै संगठन विस्तार, पार्टीको सदस्यता विस्तार लगायतलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
एमाले सिद्धार्थनगर कमिटी सदस्य लता पोखरेलले पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
एमाले सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्दै विकास निर्माण कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलको प्रमुख आतिथ्यता तथा वडा कमिटी सचिव मदन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया