00:00:00
स्थानिय

लुम्बिनी प्रदेशको अहिलेसम्मको प्रगति २४ प्रतिशत

बिहीबार फाल्गुण १८, २०७९/ Thursday 03-02-23

रुपन्देही २०७९ फागुन १८,

       लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको अहिलेसम्म २४ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेश सरकारको मन्त्रालयगत खर्च २४ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च २८ दशमलव ८९ र पुँजीगत खर्च २० दशमलव ९८ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७९-८० को अहिलेसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लिला गिरीले कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिनुभयो । उहाँले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको हो ।

प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयनको चरणमा रहेको भन्दै मुख्यमन्त्री गिरीले लुम्बिनीलाई देशकै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया