00:00:00
स्थानिय

कपिलबस्तुमा तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद 

बुधबार फाल्गुण १७, २०७९/ Wednesday 03-01-23

फागुन १७, कपिलबस्तु
   कपिलवस्तुको यशोधरा गाउँपालिका–७, मर्यादपुरबाट तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद गरिएको छ । भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेका ती गहनालाई हिजो सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाकाअनुसार बरामद गरिएका गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको छ ।
 

तपाईको प्रतिक्रिया