रेसुङ्गा विमानस्थलमा आजको निर्धारित नेपाल एयरलाइन्सको उडान शुक्रबारलाई सर्यो
१७ फागुन, गुल्मी
गुल्मीको रेसुंगा विमानस्थलमा बुधबारका लागि पूर्वनिर्धारित नेपाल एयरलाइन्सको उडान शुक्रबारका लागि सरेको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा यस उडानलाई सहजीकरण गरिरहनुभएका योगराज कँडेलका अनुसार निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ ।
यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको हो । कर्मचारी र आवश्यक उपकरण समेत शुक्रबार मात्रै काठमाडौंबाट गुल्मी लैजाने भएकाले तयारी पुरा नभएको उहाँले जानकारी दिनुभयो ।
शुक्रबार उडान हुने तयारी भइसकेको र सो परीक्षण अवतरणमा पाइलट, डिस्प्याचर, इन्जिनिय र प्राधिकरणका प्राविधिक मात्र सहभागी हुन पाउने उनले बताएका छन् । यो परीक्षणपश्चात गुल्मीमा नियमित उडान गर्ने गरी निगमले तयारी गरेको छ ।
सुरुमा हप्ताको एक दिन सोमबार त्यसपछि यात्रु बढ्दै गएमा उडान बढाउने निगमले जनाएको छ ।
तपाईको प्रतिक्रिया