तिलोत्तमामा सरसफाई र हरियाली प्रबर्द्धन कार्यक्रमको ९९ औ शृंखला सम्पन्न
फागुन १६, तिलोत्तमा
तिलोत्तमामा नियमित सरसफाईको ९९ ओें संस्करण सम्पन्न भएको छ । हरेक महिनाको १ र १५ गते हुने सो शृंखलाअन्तर्गत सोमबार वडा न ६ को १२ नम्बर चोकमा ९९ ओें संस्करण सम्पन्न भएको हो । सोमबारको अभियान वडा अध्यक्ष गणेश पाठकको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यता र नगर उपप्रमुख जगेश्व देवी चौधरीको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरप्रमुख खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने सुझाब दिनुभएको छ । उहाँले सरसफाइको १०० औ अभियानलाई प्रत्येक घरबाट सहयोग रहनेमा बिश्वास ब्यक्त गर्नुभयो । त्यस्तै उप प्रमुख चौधरीले विगतका वर्षहरूमा जस्तै नगर सफाइ र हरियाली प्रबर्द्वन कार्यमा उल्लेख्य सहभागीता रहने र सो कार्यमा सबै सरोकारवाला र स्थानियको सहयोग रहने बिश्वास ब्यक्त गर्नु भएको थियो।
कार्यक्रमा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले वडाबासीको सहभागिताले नगर सरसफाईको अभियानलाई सहज र सरल बनाएको बताउनुभएको थियो । वडा नम्बर ६ का सचिव कृष्ण बहादुर क्षेत्रीको सञ्चालनमा भएको हरियालीप्रबर्धन उद्घाटन कार्यक्रममा वडा अन्तर्गतका कार्यपालिका सदस्य नर बहादुर छन्तेल, वडा सदस्यहरू संजय आचार्य, गोबिन्द रिजाल, सीता खनाल गौतम, गीता गंधर्व, वडाका कर्मचारी भगवती तिवारी, मञ्जु के सी, सरस्वती पौडेल, सम्पुर्ण टोल विकास संस्थाका पदाधिकारी, आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं ६ का आम नागरिकहरुको सहभगिता रहेको थियो।
नियमित सरसफाईअन्तर्गत अब आगामी चैत्र १ गते हुने १०० औ शृंखलाको तयारी गरिरहेको नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया