00:00:00
स्थानिय

पत्रकार मनोज हितङ्गाको दुर्घटनामा निधन

आइतबार फाल्गुण १४, २०७९/ Sunday 02-26-23

रुपन्देही - बुटवल
२०७९ फागुन १४

  गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ।
 
शनिबार राती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाईकल र अस्पताल लाईनबाट मिलनचोक तर्फ आउदै गरेको सुदुरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्विनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए ।  हितंगाका बुवा, श्रीमती र दुई जना भाईहरु रहेका छन्।

 

तपाईको प्रतिक्रिया