वर्ल्डबैंक र तिलोत्तमा नगरपालिकाका प्रतिनिधिबीच छलफल
मंगलापुर–कान्छीबजार सडकको काम समयमै सम्पन्न गर्न सुझाव
फाल्गुण ११, तिलोत्तमा
विश्व बैंकका उच्च अधिकारीहरू र तिलोत्तमा नगरपालिकाका प्रतिनिधिबिच नगरका ठुला गौरवका योजनाबारे छलफल भएको छ। कोभिड–१९ महामारीले रोकिएका धेरै योजनालाई पुरा गर्ने तथा नयाँ योजनालाई समयमै सम्पन्न गर्ने गरी भएको छलफलमा निर्माण कार्यको प्रगति तथा प्रतिबेदनमाथि छलफल भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो।
हाल सञ्चालित योजनाको समष्टिगत आर्थिक एवम् वित्तीय अवस्था र नगरको योजनासम्बन्धी आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल केन्द्रित थियो । छलफलमा विश्व बैंक समूहका तर्फबाट जोन्स पबी, मनोज कुमार डा.मिलन कार्की, नविन रावल, विश्वराज बसौला, अस्मिता खनाल, प्रणव आचार्यलागायत योजनाको क्षेत्रमा कार्यरत विभिन्न तहका प्राबिधिकहरुको उपस्थिति रहेको थियो।
छलफलमा विश्व बैंकबाट प्राप्त सहयोगमा नगरमा निर्माण हुन थालेको मंगलापुर–कान्छीबजार सडकको प्रगती प्रतिबेदन तथा समयमै काम सम्पन्न गर्न सुझाव रखिएको थियो। छलफल कार्यक्रममा विश्व बैंक समूहका जोन्स पबीले योजना निर्माण र समग्र नगरको आर्थिक वृद्धि र वित्तीय स्थायित्वको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग समन्वय गर्दै पालिकालाई आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।
विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको तिलोत्तमा नगरपालिकाको मंगलापुर कान्छीबजार सडक खण्डसँगै अन्य ४ योजना समाबेश छन्।
तपाईको प्रतिक्रिया