00:00:00
स्थानिय

गुल्मीमा ट्याक्टरले किच्दा शुक्रबार युवकको मृत्‍यु

शनिबार माघ २८, २०७९/ Saturday 02-11-23

गुल्मी २०७९ माघ २८

  गुल्मीमा ट्याक्टरले किच्दा शुक्रबार दिउँसो एक युवकको ज्यान गएको छ । गुल्मीको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको प्रहरिले जनाएको छ । मृतक भने अर्को ट्याक्टरका सहचालक थिए ।

उनलाई किच्ने ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । मृतकको शव पोष्मार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया