माघ २४, काठमाडौँ
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुभएको छ।
पदभार ग्रहण गरेसँगै अर्यालले संघीय संसद्मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ।
पदभार ग्रहणअघि अर्यालले आजै शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।
सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीका सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको हो।
तपाईको प्रतिक्रिया