00:00:00
राष्ट्रिय

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने

शुक्रबार माघ २०, २०७९/ Friday 02-03-23

काठमाण्डाै २०७९ माघ २०

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएकाे छ । बिहीवार बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेकाे पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयाे । बैठक झन्डै चार घन्टासम्म चलेको थियो ।

आजको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

बैठकमा सभापति लामिछानेले आफूलाई आएका तीन फोनहरुको बारेमा सबिस्तार चर्चा गर्नुभएको थियो । लामिछानेले सहभागी नेताहरुलाई दुई दिन पर्खनु उचित हुने बताउनुभयो ।

पार्टीका एक नेताका अनुसार रवि र ओलीबीच छुट्टै भेटने योजना छ । ओलीले विराटनगरमा गएर गृहमन्त्रालय रास्वपाले नै पाउनुपर्ने अडान सार्वजनिक गर्नुभएको थियो । प्रचण्ड भने नागरिकता मुद्दाको पूर्णपाठ र राहदानी लगायत प्रकरण बाँकी नै रहेकाले अहिले रास्वपालाई उक्त पद दिँदा गलत सन्देश जाने बुझाइमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया