मलाई भन्न बाँकी केही भए भनिहाल्नु हाेला : रवि लामिछाने
काठमाडौं २०७९ माघ १९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको भन्दै आफूलाई अभिमन्यु नभएको बताउनुभएको छ ।
आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको भन्दै लामिछानेले आफ्नो बारेमा केही भन्न, गर्न, लेख्न बाँकी रहेको भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न सुझाव दिएका छन् । ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला ।
मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ लामिछानेले फेसबुकमा लेख्नुभएको छ । गत साता सर्वाेच्च अदालतले लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।
गत आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङको चौतर्फी आलोचना भइरहेको छ ।
तपाईको प्रतिक्रिया