00:00:00
राष्ट्रिय

आज विश्व सिमसार दिवस मनाइँदै, नेपालमा ४ हजार सिमसार क्षेत्र रहेको अनुमान

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23

माघ १९, रुपन्देही
‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरूको जगेर्ना’ भन्ने मुल नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदैछ । दिवसको अवसरमा विशेष कार्यक्रम हुँदैछन् । विश्व रामसार सूचीमा कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से–फोक्सुन्डो ताललगायत १० ओटा सिमसार क्षेत्र दर्ता भएका छन्। भने नेपालमा करिब ४ हजार सिमसार क्षेत्र रहेको अनुमान गरिएको छ ।

पछिल्लो समय बढ्दै गएको सहरीकरण, जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ । तर पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन । पर्यावरण र जलाधारका लागि महत्वपूर्ण मानिने सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो । जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ ।

लुम्विनी प्रदेशको कपिलवस्तुमा रहेको जगदीशपुर जलाशय विश्व रामसार सूचीमा परे पनि त्यसको संरक्षण र सम्वद्र्धनमा भने सरकारले प्रभावकारी काम गर्न नसकेको बहुक्षेत्रीय मञ्च कपिलवस्तुका अध्यक्ष ललित गुरुङले बताउनुभयो । उहाँले सिमसार क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकार र स्थानीय नागरिकले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
 

तपाईको प्रतिक्रिया