00:00:00
स्थानिय

स्थापना दिवसमा रक्तदान कार्यक्रम

मंगलबार माघ १७, २०७९/ Tuesday 01-31-23

शंकरनगर १७, माघ 
सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. ले २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री सुरेन्द्र कुमार वर्माको अध्यक्षता तथा सचिव मिनप्रसाद पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा जम्मा ४० युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा अध्यक्ष वर्माले संस्थाले नियमित रुपमा सामाजिक कार्यक्रम गर्दै आईरहेको र कार्यक्रम सफल वनाउन सहयोग गर्ने रक्त सञ्चार सेवा केन्द्र वुटवललगायत अन्य संस्थालाई धन्यवाद दिनुभयो  । रक्त सञ्चार सेवा केन्द्र वुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा एवं यस क्षेत्रका विभिन्न स्थानीय क्लवहरुको सहयोगमा सम्पन्न कार्यक्रममा ७५ पटक रक्तदान गर्ने  पूर्णचन्द्र सुवेदी र १८ पटक रक्तदान गर्ने पुरुषोत्तम आचार्यलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सल्लाहकार चूडामणि खरेल, खुमकान्त पौडेल, सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

विसं २०५० साल माघ १७ गते २६ जना शेयर सदस्य र २६ हजार शेयर पुँजी संकलन गरी तिलोत्तमाको वार्ड नं. ३ मा शुरुवात भएको सहकारीमा हाल १० हजार शेयर सदस्य तथा ३ अर्व १५ करोड वासलात रहेको सहकारीले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया