00:00:00
स्थानिय

व्यक्ति विशेषका लागि मात्र कानुन निमार्ण र संशोधन नहुने : मन्त्री प्रधान

मंगलबार माघ १०, २०७९/ Tuesday 01-24-23

माघ १०, पश्चिम नवलपरासी 
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधानले कुनै एक व्यक्ति वा संस्थाको लागि मात्र लक्षित गरेर कानुन निमार्ण र संशोधन नहुने बताउनुभएके छ।

मन्त्री बनेपछि गृह जिल्ला पश्चिम नवलपरासी पुग्नुभएका मन्त्रीले रेडियो परासीले आयोजना गरेको पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नका लागि सत्ता साझेदार दलहरुबीच सहमति भएको हो भनि पत्रकारहरुले प्रश्न गरेका थिए । जवाफमा मन्त्री प्रधानले सर्वदलीय सहमति र जनताले न्याय र कानुनी शासनको अनुभूति गर्ने गरी नयाँ कानुन र नीतिगत योजना तर्जुमा हुने बताउनुभयो । तर कुनै व्यक्तिलाई मात्र लक्षित गरेर कानुनको तर्जुमा नहुने बताउनुभयो ।

उहाँले मुलुकमा सुशासन, दण्डहिनताको अन्त्य र कतिपय विकास निमार्णको काममा समेत अहिले मौजुदा रहेको कानुन अपुरो र समय सार्न्दभिक नभएको भन्दै विज्ञसहितको अनुसन्धान र अध्ययनपछि नागरिक र सुशासन मैत्री कानुन निमार्णको काम सुरु हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया