बुटवल २०७९ माघ ८
एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आज आइतबार हुँदै छ।
शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र–छात्राका चार–चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुह बीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले बताउनुभयो । शनिबार भएका छात्रछात्राका आठ खेलबाट सेमिफाईनलका लागि चार–चार समुह प्रवेश गरेका हुन् ।
छात्रातर्फ एभरेष्टले इन्भारमेन्टलाई २–० ले, दीपले कान्तिलाई २–० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिनुभयो । घिमिरेले आइतबार सेमिफाईनलका र सेमिफाईनल पछि फाईनल खेल हुने बताउनुभयो ।
प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०-२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले भन्नुभयो । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतीय टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।
तपाईको प्रतिक्रिया