माघ ५, रुपन्देही
रूपन्देहीको तिलोत्तमा ५ मणिग्रामस्थित शान्ति नमुना माविको ६४ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह जारी छ । बिहीबारदेखि कक्षा ११ र १२ तर्फ पनि खेलकूद प्रतियोगिता हुने विद्यालयले जनाएको छ । खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, कबड्डी, एथलेटिक्स लगायतका कार्यक्रम रहने छन् ।
वार्षिकोत्सब विशेष कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, साहित्यिक कार्यक्रम, रक्तदान, खाना महोत्सव, पढाई महोत्सव, खेलकुद सप्ताह, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम हुने विद्यालयका सूचना संयोजक दिनेश खड्काले बताउनुभयो ।
बुधबार २०० मिटर र ४०० मिटर दौड, म्याथमेटिकल दौड, ब्याडमिन्टन,चेस, टेबल टेनिस, सट पुट लगायतका खेलहरु सम्पन्न भएका थिए ।
जुनियर तर्फ प्लेट दौड, १०० मि दौड छात्र–छात्रा, थ्री लेग रेस, मिठाई दौड, शुज रेस र इनआउट, मेमोरी टेस्ट, हट पोट्याटो, बलुन ब्रष्ट, स्पुन रेस, फ्लोर रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु पनि सम्पन्न भएको प्राथमिक तह इन्चार्ज वसन्ती भण्डारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया