माघ २, नवलपरासी
पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने पाच जना घाइते भएका छन् । परासी–भूमही सडकखण्डअन्तर्गत सुनवल–१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र वाग्मती प्रदेश ०१–०२५ च ३८९७ नं. को कार एकापसमा ठक्कर खादा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कारचालक अर्घाखाची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका –८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ । गम्भीर घाइते पौडेलको उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
दुर्घटनामा घाइते हुनेमा कारमा सवार कपिलवस्तु वाणगंगा– ८ मधुवन बस्ने ३१ वर्षीय पूर्ण बहादुर राना, सोही ठाउका २८ वर्षीय मनोजकुमार परियार, नवलपरासी (पूर्व) बुलिङटार गाउपालिका बस्ने २८ वर्षीय गंगा गोदामी, नवलपरासी (पूर्व) कावासोती नगरपालिका १८ वर्षीय डलबहादुर बराल र अर्घाखाची शीतगंगा नगरपालिका –६ भई हाल रुपन्देही सालझण्डी बस्ने ३८ वर्षीय खेमबहादुर रेश्मी घाइते छन् ।
उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बसमा सवार यात्रुहरू भने सकुशल छन् ।
तपाईको प्रतिक्रिया